७९ वर्षीय वृद्ध खोलामा मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

रोल्पा — रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका छन्।

मंगलबार बिहान ससुराली जाने भन्दै हिँडेका उनी बाटोदेखि करिब १५० मिटर तल खोलामा मृत भेटिएको वडा नं. १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी दिए।

विकट भूगोलका कारण प्रहरी र आफन्तलाई घटनास्थल पुग्न समय लाग्ने बताइएको छ। मृत्युसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *