विप्लव नेतृत्वको नेकपाको निर्णय उद्योग सञ्चालन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाण्डौँ । विप्लव नेतृत्वको नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सो पार्टीले उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।

विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।

पार्टीले ‘नयाँ आर्थिक मार्ग’अन्तरगत आत्मनिर्भर अर्थ प्रणालीको प्रयोगबाट आर्थिक जीवनमा उत्साहजनक परिणाम हासिल गर्दै अघि बढेको भन्दै महासचिव विप्लवले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *