अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको मूल्य बढ्यो, यस्तो छ आजको विनिमय दर

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १३, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने प्रमुख विदेशी मुद्राको मूल्यमा वृद्धि भएको छ। अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ र स्वीस फ्र्यांकसहित अष्ट्रेलियन, क्यानेडियन तथा सिंगापुर डलरको मूल्य बढेको हो।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ। अघिल्लो दिन यसको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९ पैसा पुगेको छ। अघिल्लो दिन युरोको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा रहेको थियो।

पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा थियो।

स्वीस फ्र्यांकको मूल्य पनि उकालो लागेको छ। आज एक स्वीस फ्र्यांकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन यसको खरिददर १८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ८४ पैसा थियो।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा पुगेको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा कायम भएको छ।

सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा तोकिएको छ। अघिल्लो दिन यी मुद्राको मूल्य क्रमशः अष्ट्रेलियन डलर १०६ रुपैयाँ ८७ पैसा र १०७ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ १५ पैसा र १०८ रुपैयाँ ५८ पैसा तथा सिंगापुर डलर ११८ रुपैयाँ ५८ पैसा र ११९ रुपैयाँ ५ पैसा रहेको थियो।

नेपाल राष्ट्र बैंकले तोकेको यो विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *