विप्लव नेतृत्वको नेकपाले केन्द्रीय कमिटी बैठक बोलायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

काठमाण्डौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिएका छन् ।

बैठकमा पछिल्लो समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूको एकता र ध्रुवीकरण लगायतका विषयमा छलफल हुनेछ । त्यसअघि २३ गते स्थायी कमिटी बैठक पनि बस्ने उनले बताएका छन् ।

नेकपासँग एकता गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको माओवादी केन्द्रसँगको एकताबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुने सो दलका एक नेताले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *