|
२०८२ कार्तिक १
रौतहट,— रौतहटको गरुडा नगरपालिका–५ स्थित शिवनगरमा शनिबार दिउँसो नुहाउने क्रममा दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ घर भई हाल शिवनगरमा बस्दै आएका १० वर्षीय निरज साह र उनका दाइका छोरा १० वर्षीय अर्जुन साह रहेका छन्। उनीहरू झाझ खोलामा नुहाउने क्रममा डुबेका थिए।
स्थानीयवासीको सहयोगमा दुवै बालकलाई उद्धार गरी संजिवनी अस्पताल, शिवनगर लगिएको थियो, तर चिकित्सकहरूले दुबैलाई मृत घोषणा गरेका थिए।
केही दिनअघि मात्रै गौर–१ सिमाक्षेत्रमा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको थियो। उक्त घटनाहरूले स्थानीय क्षेत्रमा बालबालिकाको जलसुरक्षाप्रति चासो बढाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्