|
२०८३ असार ३१
चितवन : अविरल वर्षापछि आएको बाढीले चितवनको रत्ननगर क्षेत्रमा राखिएका सयौँ मौरीघार बगाउँदा मौरीपालक किसान प्रभावित भएका छन्।
रत्ननगरको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका करिब ६८५ मौरीघारमा क्षति पुगेको छ। बाढीले मौरीगोला र महसमेत नष्ट गर्दा प्रारम्भिक रूपमा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
नगरपालिकाको कृषि विकास शाखाका अनुसार धेरै घारमा मह निकाल्ने समय नजिकिसकेको थियो। बाढीका कारण घारसँगै उत्पादन हुन लागेको मह नष्ट भएपछि किसानले थप आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।
नगरपालिकाले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Sofia27
July 15, 2026https://shorturl.fm/rSme3