कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्री बाहिरिए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३१

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका सबै मन्त्रीहरूले बुधबार सामूहिक राजीनामा दिएका छन्। मुख्यमन्त्री यामलाल कँडेलसमक्ष उनीहरूले संयुक्त रूपमा राजीनामा बुझाएका हुन्।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको छलफलपछि राजीनामा दिने निर्णय गरिएको हो। राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, घनश्याम भण्डारी, विजया बुढा र सुरेश अधिकारी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *