|
२०८३ असार ३१
गोरखा : गोरखा नगरपालिका–११ स्थित सार्वजनिक वन क्षेत्रको जग्गामा सञ्चालन हुँदै आएको बाह्रकिलो बजारका घरटहरा पसल सञ्चालकहरूले स्वेच्छाले खाली गरेका छन्।
नगरपालिका, जिल्ला प्रशासन, डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा पटक–पटक सूचना दिएपछि संरचना खाली गरिएको हो।
वन क्षेत्रभित्र रहेका ३५ भन्दा बढी घरटहरा हटाएर क्षेत्रलाई तारबार गरी सुरक्षित बनाइने डिभिजन वन कार्यालयले जनाएको छ। सार्वजनिक जग्गा अतिक्रमण रोक्न यो अभियानलाई निरन्तरता दिइने सम्बन्धित निकायले बताएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्