र्मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३१

काठमाडौँ : मकवानपुरको मनहरीबाट ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ परेका छन्। मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा प्रहरीले १०९ किलो ९६ ग्राम गाँजा बरामद गरेको हो।

विशेष सूचनाका आधारमा चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जीप जाँच गर्दा पछाडिको भागमा लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले धादिङ गजुरी नगरपालिका–७ का ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

6 Comments

  1. Summer4962

    July 15, 2026
  2. Darius4364

    July 15, 2026
  3. Gloria1886

    July 16, 2026
  4. Omar467

    July 16, 2026
  5. Neal3173

    July 16, 2026
  6. Aurora1047

    July 16, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *