काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ ।
युवराज सफल नाम गरेका व्यक्तिले साह र गुरुङविरुद्ध जाहेरी लिएर आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका हुन् ।
मंगलबारमात्रै साह र हामी नेपालका संयोजक तथा जेनजी अगुवा गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले जाहेरी लिएर पुगेका थिए । यी दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन ।
२३ र २४ भदौमा भएका घटनाहरू छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाइएको छ । अहिले जाहेरी परेका विषय पनि आयोगकै क्षेत्राधिकारभित्र पर्ने भन्दै प्रहरीले आयोगमा पठाउने तयारी गरेको छ ।
यसअघि सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध जाहेरी लिएर परिसरमा पुगेका थिए ।
२

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्