×

काठमाण्डौँ महानगरपालिकामा प्रमुख प्रशासकीय गुरागाईंले गरे हाजिर

चैत्र २०, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकामा जिम्मेवारी सम्हाल्न पुगेका प्रमुख प्रशासकीय सरोज गुरागाईंले नयाँ हाजिरी रजिस्ट्रर खडा गरेर हाजिर गरेका छन् ।

जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय पुगेका गुरागाईं कार्यकक्षमा लागेको ताला फोडेर भित्र पसेका थिए । जनप्रतिनिधि र कर्मचारीको सहयोगमा महानगर प्रहरीको अवरोध छिचोल्दै गुरागाईँ कार्यकक्षमा पुगे पनि महानगरको हाजिरी रजिस्ट्रर मेयर बालेन शाहले राखेका थिए । उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारीहरूसहित गुरागाईँ महानगर पुग्दा बालेन शाह भने थिएनन् ।

यसअघि मेयर बालेन शाहले पुरानो बसपार्कको काठमाण्डौँ टावर निर्माण अनुमति दिँदा अनियमितता गरेको भन्दै गुरागाईंलाई निलम्बन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: