खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २०

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो बैंक खातामा स्थायी लेखा नम्बर (PAN) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ।

आयकर ऐन २०५८ बमोजिम, E-TDS विवरणमा करकट्टी मिलान गर्न प्यान अनिवार्य भएकाले ग्राहकहरूले बैंकको वेबसाइट panupdate.nicasiabank.com, मोबाइल एप “NIC ASIA MoBank”, वा नजिकको शाखाबाट प्यान अद्यावधिक गर्न सक्नेछन्। प्यान अद्यावधिक नभएमा कर विवरण मिलान नहुन सक्ने र त्यसको जिम्मेवारी बैंकले नलिने जनाएको छ।

ग्राहकहरूले कुनै समस्या आएमा १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *