|
२०८२ भाद्र १९
काठमाडौ । एनआईसी एशिया बैंक र धनगढी, कैलालीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले सो हस्पिटलमा उपचार गर्दा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस कदमले बैंकका ग्राहकलाई सहज र किफायती स्वास्थ्य सेवामा पहुँच पुर्याउने विश्वास लिइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्