सिपी हस्पिटल र एनआईसी एशिया बैंकबीच सहकार्य, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १३

काठमाडौँ, भदौ १३ – एनआईसी एशिया बैंक र सिपी हस्पिटल प्रा.लि.बीच एक विशेष समझदारी सम्पन्न भएको छ, जसअनुसार बैंकका ग्राहकले सिपी हस्पिटल, धनगढी (कैलाली) मा विभिन्न स्वास्थ्य सेवा लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौताअनुसार, बैंकका ग्राहकले अस्पतालमा OPD, प्याथोलोजी, एक्स-रे, युएसजी (USG), एन्डोस्कोपी, कोलोन्स्कोपी, सामान्य बेड, HDU/ICU बेड, A/C क्याबिन, सर्जरी, मेडिसिन तथा CT स्क्यानजस्ता सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।

उक्त छुट सुविधा प्राप्त गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नु पर्नेछ।

बैंकका अनुसार, यो सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ रुपमा प्राप्त हुने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ। बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *