|
२०८२ आश्विन १९
१९ असोज, काठमाडौं । धुलिखेल–खावा, पकुचालगायत स्थानमा खसेको पहिरो पन्छाएपछि अरनिको राजमार्गमा यातायात पुनः सुचारु भएको छ।
काभ्रे, सिन्धुपाल्चोक र दोलखाबाट काठमाडौं जोड्ने सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
उपकरणसहितको मर्मत टोलीले पहिरो हटाएपछि दुवैतर्फ सवारी सञ्चालनमा आएको हो। बाढी र पहिरोका कारण शनिवार बिहानदेखि सडक अवरुद्ध भएको थियो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्