जेनजी वार्ता टोलीमा नाम राखिएकोमा रक्षा बमको आपत्ति, ‘रोटी सेक्न खोज्ने अनुहारसँग सचेत बनौँ’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १२

रक्षा बमले आफूलाई जानकारी नै नदिई जेनजी वार्ता टोलीमा नाम राखिएको भन्दै आपत्ति जनाएकी छिन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो कदम लोकतान्त्रिक प्रक्रियाविपरीत भएको बताउँदै, आन्दोलनको म्यान्डेटभन्दा बाहिर जाने कार्यप्रति चेतावनी दिएकी छन्।

आन्दोलनको तापमा ‘रोटी सेक्न खोज्ने अनुहार र समूह’ देखिएको भन्दै सबै परिवर्तन पक्षधरलाई सचेत रहन आग्रह गरेकी छन्। साथै, वार्ता टोली गलत दिशामा गए प्रतिरोध गर्ने चेतावनी समेत दिएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *