जेनजी आन्दोलनमा देखिएका नकाबधारी युवाको पहिचान खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ५

काठमाण्डौँ । जेनजीको आन्दोलनमा देखिएका कालो नकाबधारी युवाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पैतालादेखि शिरसम्मै कालो ड्रेस लगाएका ती युवा निकै हट्टाकट्टा देखिन्छन् । शिरमा कालो टोपी, कालै चश्मा, कालै कपडाले मुख समेत ढाकेका, कालै टिसर्ट, पाइन्ट र कालै जुत्ता लगाएका ती युवाले सुरक्षाकर्मीले जस्तो बडी प्रोटेक्सन ज्याकेट समेत लगाएको देखिन्छ । वाकिटकी समेत बोकेका ती युवाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अधिकांशले यी युवा को हुन् भन्दै प्रश्न गरिरहेका छन् । केही व्यक्तिले भने जेनजी आन्दोलनमा घुसपैठ भएको आरोप लगाउँदै यसलाई प्रमाणका रूपमा सामाजिक सञ्जाँलमा सार्वजनिक गरिरहेका छन् ।

ती युवा को हुन् ? यसबारे प्रहरीले अनुसन्धान गरिसकेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ती युवाको पहिचान भएको जनाएको हो ।

यसरी जेनजी आन्दोलनको मैदानमा खटिएका ती युवा ‘हामी नेपाल’ टिमकै सदस्य रहेको अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *