|
२०८२ आश्विन ९
काठमाण्डौँ । महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपाली युवालाई उद्यमशीलता तर्फ उन्मुख गराउन “नव उद्यम कर्जा” योजना सुरु गरेको छ।
कृषि, व्यापार, सेवा तथा उत्पादनमूलक व्यवसायमा लगानी गर्न सकिने यो कर्जा योजना न्यूनतम १० लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्मको हुनेछ। कर्जाको अवधि २ देखि १५ वर्षसम्म निर्धारण गरिएको छ।
बैंकले यो योजनाबाट स्वदेशमै रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र विप्रेषणको प्रभावकारी उपयोगका साथै समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा राखेको छ।
नेपालमै रहेका व्यक्तिहरूले पनि साना तथा मझौला व्यवसायका लागि यस कर्जा सुविधा उपयोग गर्न सक्नेछन्।
३१ वर्षदेखि सेवा दिइरहेको महालक्ष्मी विकास बैंकसँग देशभर ८ लाखभन्दा बढी ग्राहक छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्