इन्टरनेटमा बढी शुल्क लिए कारबाही हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २४

काठमाडौँ । इन्टरनेटको बिल बढेको छ? नेपाल दूरसञ्चार प्राधिकरणले भने शुल्क वृद्धि गर्न स्वीकृति नदिएको जनाएको छ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकले मनपरी शुल्क लिन नपाउने स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी रकम असुले कारबाही हुने जनाएको छ। शुल्क परिवर्तन गर्नुपरे निर्धारित प्रक्रिया पूरा गरी पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ।

उपभोक्तालाई मर्का पर्ने गरी सेवा सञ्चालन गर्ने वा नियमविपरीत रकम उठाउने प्रदायकविरुद्ध उजुरी गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *