एनसेलका ग्राहकलाई सामसङका सामानमा ३१ प्रतिशतसम्म छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २४

काठमाडौं । सामसङ नेपाल र एनसेलले दसैँलाई लक्षित गर्दै ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गरेका छन्। यस योजनाअन्तर्गत छनोट गरिएका सामसङका टिभी, फ्रिज र वासिङ मेसिन खरिदमा ३१ प्रतिशतसम्मको लाभ लिन सकिनेछ।

सामसङको चाडपर्व योजनामा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन्। ग्राहकले पाउने छुट एनसेल प्याकमा गर्ने खर्चका आधारमा फरक हुनेछ।

छुट लिन ग्राहकले एनसेल एपको ‘Partnered Services’ सेक्सनमा गई आफ्नो अफर हेर्नुपर्नेछ। त्यसपछि अफर कोड लिएर सहभागी सामसङ आधिकारिक डिलरबाट सामान खरिद गर्न सकिनेछ।

यो योजना सन् २०२६ अक्टोबर ८ देखि नोभेम्बर १६ सम्म लागू हुनेछ। सहभागी स्टोर तथा अफरबारे जानकारी लिन १६६००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *