महालक्ष्मी विकास बैंकद्वारा विपद् प्रभावितप्रति समवेदना, सेवा सुचारु रहने जानकारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

२९ भदौ, काठमाडौं ।  हालै देशभर घटेका विभिन्न दुःखद घटनाप्रति महालक्ष्मी विकास बैंकले गहिरो समवेदना प्रकट गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। बैंकले शोकसन्तप्त परिवारप्रति धैर्यधारणको शक्ति मिलोस् भन्ने कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

उक्त घटनाबाट सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि बैंकले दुःख व्यक्त गरेको छ। साथै, बैंकले देशमा चाँडै स्थायित्वसहितको सरकार गठन भई शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण र आर्थिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरेको छ।

प्राकृतिक विपद्का कारण बैंकको लेकसाइड, पोखरा शाखा पूर्णरूपमा क्षतिग्रस्त भए तापनि, सेवा अवरुद्ध नहुने जानकारी दिइएको छ। सो शाखाबाट प्रदान गरिँदै आएका सेवा नजिकैका शाखाहरूबाट सहज रूपमा लिन सकिनेछ। बैंकका अन्य १०२ शाखा पूर्ण रूपमा सञ्चालनमा रहेका छन् भने सबै डिजिटल सेवा सुरक्षित र क्रियाशील रहेको बैंकले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *