|
२०८३ आश्विन २४
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेल निर्यातमा प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आपत्ति जनाएका छन्।
जेलेन्स्कीले यस कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक लाभ पुग्ने र युद्ध लम्बिन सक्ने बताएका छन्। यता ट्रम्पले इन्धन आपूर्ति बढाएर बजारको मूल्य नियन्त्रण गर्ने प्रयास गरेका छन्।
रुसमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकी निर्णयले युक्रेन युद्ध र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा नयाँ बहस सिर्जना गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्