|
२०८३ आश्विन २४
मकवानपुर । मुग्लिङ–काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि काठमाडौँ पुग्न हेटौँडा मार्ग प्रयोग गर्ने सवारीसाधनको चाप बढेको छ। चाप व्यवस्थापनका लागि मकवानपुर प्रहरीले वैकल्पिक सडकमा सवारीसाधनलाई प्राथमिकताका आधारमा आवागमन गराइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले दसैँका यात्रु बोकेका सवारीसाधनलाई सहज आवागमनको व्यवस्था मिलाइएको जानकारी दिए।
उनका अनुसार त्रिभुवन राजपथलगायत वैकल्पिक मार्गमा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइएको छ। त्यसपछि इन्धन र खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्