महालक्ष्मी विकास बैंकद्वारा दरबारमार्ग प्रहरी कार्यालयलाई आर्थिक सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ४

काठमाडौं । महालक्ष्मी विकास बैंकले हालैको आन्दोलनमा क्षतिग्रस्त दरबारमार्ग प्रहरी वृतको भवन पुनर्निर्माण तथा मर्मतका लागि आर्थिक सहयोग गरेको छ।

प्रशासनिक कार्य सञ्चालनमा समस्या भएकोले तत्काल मर्मत आवश्यक ठहर गर्दै बैंकले सहयोग गरेको हो। बैंकका अनुसार यस सहयोगले मर्मत कार्य छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ।

बैंकका सबै सेवा पूर्ण रूपमा सञ्चालनमा रहेको तथा डिजिटल बैंकिङ्ग सेवा सुरक्षित रुपमा चलिरहेको जानकारी समेत गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *