|
२०८२ भाद्र ८
कृषि विकास बैंक लिमिटेडले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)लाई पुनः एक वर्षका लागि ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। शुक्रबार बैंकले आयोजना गरेको समारोहमा साम्बासँग सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले साम्बाले बैंकको बजार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे। कार्यक्रममा बैंकका वरिष्ठ कर्मचारीहरूको समेत उपस्थिति थियो।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्