गोविन्द गुरुङको नेतृत्वमा कृषि विकास बैंकको ऐतिहासिक नाफा, बैंकिङ क्षेत्रमै नयाँ इतिहास रच्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २४

काठमाडौं, साउन २४ । कुनै पनि संस्थाको रूपान्तरणमा नेतृत्व कति निर्णायक हुन सक्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ – कृषि विकास बैंक। २०७९ फागुन ८ मा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को रूपमा कार्यभार सम्हालेका गोविन्द गुरुङको सक्रिय, सुधारमुखी र रणनीतिक नेतृत्वमा बैंकले बैंकिङ क्षेत्रमै अभूतपूर्व सफलता हासिल गरेको छ।

गुरुङले कार्यभार सम्हाल्दासम्म १२ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको बैंकले उनको नेतृत्वमा आफ्नो इतिहासमै सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ। आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकले झन्डै ५० प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन बैंकको हालसम्मकै उच्चतम मुनाफा हो।

अघिल्लो वर्ष यही अवधिमा बैंकको मुनाफा २ अर्ब ८९ करोड ७४ लाख मात्र थियो।

प्रमुख वित्तीय सूचकहरूमा ऐतिहासिक सुधार
बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अन्य सूचकहरू पनि उल्लेखनीय रूपले सुदृढ भएका छन्स्

संचालन मुनाफास् ११ अर्ब ८९ करोड

खुद ब्याज आम्दानीस् ९ अर्ब ८२ करोड

निक्षेप संकलनस् २ खर्ब ९३ अर्ब ५७ करोड

कर्जा परिचालनस् २ खर्ब १६ अर्ब २ करोड

कुल सम्पत्तिस् ३ खर्ब ६२ अर्ब ५० करोड

लाभांश क्षमता र जोखिम व्यवस्थापनमा पनि सुधार
स्ट्यानडर्ड चार्टर्ड बैंकलाई बिक्री गरिएका ८ अर्ब रुपैयाँ बराबरको कृषि कर्जा घटाएपछि पनि बैंकको लाभांश क्षमता १८।५३ प्रतिशत रहेको छ। वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड पुगेको छ।

बैंकले जोखिम कम गर्ने रणनीति अनुरूप प्राथमिकता प्राप्त कर्जामा जोड दिँदै लगानी पोर्टफोलियो विस्तार गरिरहेको छ। जसको परिणामस्वरूप, गैर(सञ्चल कर्जा अनुपात ९ल्एी० घटेर ३।२६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ३।९१ प्रतिशत थियो।

शेयरधनीको दृष्टिमा पनि आकर्षक सुधार
प्रतिशेयर आम्दानी ९भ्एक्०स् १८।५६ बाट बढेर २७।६३ रुपैयाँ

प्रतिशेयर नेटवर्थस् २४१।०४ रुपैयाँ

ब्याजदर स्प्रेडस् ३।९६ प्रतिशत

भविष्य अझ उज्यालो
गुरुङको नेतृत्वमा बैंकले देखाएको सुधार र नाफा वृद्धिले कृषि विकास बैंकलाई अझ सुदृढ र प्रतिस्पर्धी बनाउने स्पष्ट संकेत दिएको छ। सन्तुलित कर्जा रणनीति, सुदृढ पूँजी संरचना र घट्दो जोखिमका कारण बैंकको भविष्य अझ उज्यालो देखिएको छ।

कृषि विकास बैंकले देखाएको यो सुधारले नेपालको बैंकिङ क्षेत्रमै नेतृत्व र दूरदृष्टिको महत्वलाई प्रस्ट पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *