रुखको हाँगा लागेर प्रजाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ७

मनहरी : यहाँको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगा लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा आज ५२ वर्षीय महादेव प्रजाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

सोही गाउँपालिका–५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *