विवाहपछि सोनाक्षीको भावुक नोट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १२

काठमाडौं : बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो लामो समयदेखिका प्रेमी जहीर इकबालसँग जुन २३ मा दर्ता विवाह गरेकी छन्। विवाहपछि सोनाक्षी सिन्हाको यो विवाह बारे भारतमा अनेकौं विवाद भएका छन्। हिन्दु-मुश्लिम विवाह भन्दै कैयौं ठाउमा सोनाक्षीको विरोध गरिएको छ।

यसैबीच सोनाक्षीले एक भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरेकी छिन्। उनले आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेका छन्।

सोनाक्षी सिन्हाले विवाहपछि पहिलो पटक सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। उनले भनेकी छन्- ‘कस्तो दिन थियो। हाम्रो परिवार, साथीहरू, टोलीको माया, हाँसो, साथी, उत्साह र न्यानोपन। मायामा परेका दुई व्यक्तिले सधैं चाहेको, आशा गरेको र प्रार्थना गरेको कुरा पूरा गर्न सारा ब्रह्माण्ड एकै ठाउँमा आएको जस्तो लाग्थ्यो। हामी एकअर्कालाई भेट्न पाउँदा र यति धेरै मायाको संरक्षणमा रहन पाउँदा धेरै धन्य महसुस गर्छौं।’

सोनाक्षीको विवाहलाई लिएर उनको परिवार खुशी नभएको विषय पनि धेरै पहिला देखि मिडियामा चर्चाको विषय बनेको थियो। यद्यपी सो चर्चा विपरित उनका पिता शत्रुघन सिन्हा र आमा सोनाक्षीको विवाहमा सहभागी भएर दुवैलाई आशिर्वाद दिएको देखिएको छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *