×

पत्रकार सम्मेलनमै यसरी भावुक भए मेसी, थाम्न सकेनन् आँशु

साउन २४, २०७८ | दाक्सु मिडिया

काठमाडौँ । फुटबलर लियोनेल मेस्सीले बार्सिलोना छाडेर जानुपर्दा अत्यन्तै दुख लागेको बताएका छन् ।

क्लबबाट बिदा हुन अघि आइतबार मेस्सीले पत्रकार सम्मेलनको क्रममा उनले भावुक हुँदै उक्त कुरा बताएका हुन् ।

सम्मेलनमा शुरुदेखि नै भावुक देखिएका मेसीसी सभाहलमा प्रवेश गरेको समय देखि नै आँशु रोक्ने प्रयासमा थिए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘हामी यहीँ बस्ने छौँ भन्नेमा ढुक्क थियौँ । म, मेरो परिवार बार्सिलोनामा रहनेछौँ, तर अब सबैलाई गुडबाई गर्नुपर्ने भएको छ ।’

उनले बार्सिलोनाबाट आफूले कसरी बिदा भन्नु पर्छ भन्ने कहिल्यै नसोचेको बताए। 

२१ वर्ष क्लबमा रहँदा आफूले धेरै कुरा पाएको बताउँदै उनले आफ्ना सबै समकक्षीहरुलाई धन्यवाद दिए । ‘सत्य यो हो कि म छाडेर जाँदैछु,’ मेस्सीले भने, ‘यसरी बिदा हुनुपर्छ भनेर मैले सोचैकै थिइनँ ।’

नेपाली समयअनुसार ३ः ४५ बजे बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा पत्रकार सम्मेलनको आयोजना गरेका मेसी पोडियममा आइपुग्दै भावविह्वल बनेर रूँदै गरेका देखिए ।

कार्यक्रमको दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए। मेसी भक्कानिँदा उनीहरू पनि भावुक बनेका थिए। 

केहीबेरमा हलभित्र उपस्थितहरूले उठेर मेसीलाई सम्मान गरेका थिए। 

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: