|
२०७९ असार २१
सोलुखुम्बुबाट काठमाण्डौँका लागी छुटेको जिप मुलकोटमा दुर्घटनामा परेको छ । आज बिहान करीब ५ बजे सल्लेरीबाट काठमाण्डौँका लागी छुटेको जिप दिउँसो १२ः ५५ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुलकोटमा दुर्घटनामा परेको हो ।
सोलुखुम्बु बाट काठमाण्डौँका लागी छुटेको ना १ ज ६१७७ नम्बरको सुमो तथा विपरीत दिशाबाट आउँदै गरेको बा ११ च ६७१ नम्बरको कार एक आपसमा ठोकिदा दुर्घटना भएको हो । दुरर्घटनामा कसैलाई पनि गम्भिर चोट नलागेको बताईएको छ । यधपि दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेहको छ । जिपको ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरीएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्