
२३ चैत, काठमाडौं – धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमाले प्रवेश गरेको भोलिपल्टै नेकपा माओवादी केन्द्रमा फर्किए ।
सोमबार नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका उनी मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादीमा फर्किएका हुन् ।
डल्लाकोटी बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । उनले केही मान्छेको परिबन्धमा परेका बालकोट पुग्नु गल्ती भएको बताएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।
डल्लाकोटीको भनाइ उद्धृत गर्दै मल्लले भने, ‘मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । कार्यकर्ता र जनताप्रति गर्व गर्छु र, म २ दिनमै घर फर्केको छु ।’
जवाफमा प्रचण्डले ‘गल्ती गरे भनिसक्नुभो, अब काममा फर्कनुस्’ भनेका छन् ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्