ओलीको सिको गर्दै तामझामका साथ घर गए बाग्मतीका निवर्तमान मुख्यमन्त्री डोरमणि

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३

काठमाडौं । प्रधानमन्त्री पदबाट बहिर्गमन भएपछि केपी शर्मा ओली तामझामको साथ बालकोटास्थित आफ्नो घर गएजस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल पनि सोही शैलीमा आफ्नो निजी निवास फर्किएका छन् ।

पौडेल हेटौँडा–२ मा अवस्थित मुख्यमन्त्रीको निजी निवासबाट आफ्नो घर हेटौँडा–११ स्थित नवलपुर फर्किएका हुन् ।

बिहीबार मध्याह्न सरकारी निवास छाडेर पौडेल घर फिर्ती हुँदा ओली बालुवाटार छाडेर बालकोट फर्किएको झल्को उनले देखाए ।

३० असारमा बालुवाटार छाड्दा ओलीले लावालस्कर लगाएर कार्यकर्ताको भिड बटुल्दै बालकोटतर्फ लम्किएझैँ पौडेल बिहीबार ४२ महिना ७ दिनपछि मुख्यमन्त्रीको कुर्सी छाडेर घर फर्किँदा आफ्ना कार्यकर्ताको लस्कर लिएर हेटौँडा–११ नवलपुर पुगे । संख्यात्मक आधारमा ओली बाटकोट फर्किंदा बढी कार्यकर्ता भए पनि पौडेलको शैली ओलीसँग मिल्दोजुल्दो थियो ।

पौडेलको घर फिर्तीमा एमाले कार्यकर्ता मात्र थिएनन्, हेटौँडाका व्यवसायीहरूले समेत उनको जयजयकार गरेका थिए । पौडेल व्यवसायीको करोडको गाडीभित्र उभिएर हात हल्लाउँदै अभिवादन गरिरहेका थिए भने उनका कार्यकर्ता ‘डिएम सर जिन्दावाद’, ‘डिएम बा’ वी लभ यु’, ‘हाम्रो नेता कस्तो होस्, डिएम बा’ जस्तो होस्’ को नारा लगाउँदै थिए । कार्यकर्ताहरूले पौडेललाई घरभित्रै प्रवेश गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *