नेप्सेको ओरालो यात्रा रोकिएन : नेप्से आजपनि ३८ अंकले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ १२

केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३८ अंक माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३८.४५ अंकले घट्दै २७ सय ७६.६१ विन्दुमा ओर्लिएको हो । 

यसदिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.५६ अंकले घट्दै ५१८.३८ विन्दुमा झरेको छ ।  यसदिन सबै उपसमूह ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ भने ३८ अंक माथिले घटेको बजारमा कारोबार रकम समेत घटेको छ ।

नेप्सेका अनुसार आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर बजारमा ६१ हजार पटक किनबेच हुँदा जम्मा ४ अर्ब ३१ करोड ३१ लाख रुपैयाँको मात्र कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ५ अंकले घटेको बजारमा ५ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *