सेयर बजारमा उतारचढाव : नेप्से ३८ अंकले ओरालो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ५

काठमाडौं : सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक फेरि ओरालो लागेको छ। यसदिन नेप्से ३८.३५ अंकले ओरालो लाग्दा कारोबार रकम ६ अर्बमा सिमित भएको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ।

मंगलबार ८ अर्ब बढीको सेयर कारोबार भएको बजारमा बुधबार ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसदिन १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा कारोबार भयो।

कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। व्यापार, फाइनान्स, विकास बैंक समूहको सूचक उच्च घटेको हो। नेप्से दोहोरो अंकले घटे पनि बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ। यस्तै सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको हो।

घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घट्दा कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ।

यसदिन अपि पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *