|
२०८३ भाद्र १४
काठमाडौँ । बाढीपहिरोको जोखिम बढेपछि देशका विभिन्न स्थानमा सडक यात्रा प्रभावित भएको छ। केही सडकमा पहिरो खसेर आवागमन रोकिएको छ भने जोखिमयुक्त रुटमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ।
रसुवा, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक र इलामका सडकमा बाढी तथा पहिरोको असर देखिएको सडक विभागले जनाएको छ।
नुवाकोटको शिवपुरी–५ घडेरीखोलामा पहिरो गएपछि टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ। उता मकवानपुरको हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकमा बाढीपहिरोको जोखिम उच्च भएपछि यातायात सञ्चालन बन्द गरिएको छ।
वर्षा नरोकिएकाले अन्य सडकखण्डमा समेत अवरोध आउन सक्ने भन्दै प्रहरीले यात्रुलाई सतर्क रहन आग्रह गरेको छ। सडकको अवस्था नबुझी जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्नसमेत अनुरोध गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्