केरुङ बाढीमा १०४ नेपाली सम्पर्कविहीन, विदेशीमध्ये नेपालीको संख्या सबैभन्दा धेरै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १४

काठमाडौँ । चीनको तिब्बतस्थित केरुङ क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिपछि १०४ जना नेपाली नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरणअनुसार केरुङ क्षेत्रमा भएको विपत्तिपछि विभिन्न देशका गरी २६१ जना विदेशी नागरिक बेपत्ता छन्।

बेपत्ता हुने विदेशी नागरिकमध्ये नेपालीको संख्या सबैभन्दा धेरै छ। विवरणअनुसार भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना नागरिक पनि सम्पर्कविहीन छन्।

यस्तै अस्ट्रेलिया र क्यानडाका ६/६, दक्षिण अफ्रिकाका ४ तथा जर्मनी, मलेसिया र रूसका ३/३ जना नागरिक बेपत्ता रहेको जनाइएको छ। इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २/२ जना तथा फिनल्यान्ड, हंगेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका १/१ जना नागरिक पनि सम्पर्कमा नरहेको विवरणमा उल्लेख छ।

चिनियाँ अधिकारीहरूले बेपत्ता विदेशी नागरिकको विवरण सम्बन्धित मुलुकका दूतावास तथा वाणिज्य दूतावासलाई जानकारी गराइसकेको बताएका छन्।

यद्यपि, पछिल्लो अवस्थाअनुसार केरुङ काउन्टीमा विदेशी पर्यटकहरू अलपत्र अवस्थामा नरहेको चिनियाँ अधिकारीहरूले स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *