हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
बुधबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ।
बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।
दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानहरूमा र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भु(भागमा साधारणतया बदली रही बाँकि भु(भागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
ीबहmष् दबलप
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडको एक(दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्