×

मौसम पूर्वानुमान : आज कुन-कुन क्षेत्रमा हुदैछ वर्षा र हिमपात ?

फाल्गुन १, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण आज शनिबार देशभरको मौसम बदली भएको छ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुंम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षा हुने मौसम पुवानुमान माहाशाखाले जानकारी दिए ।

यसैबिच पहाडी भू–भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले सबैमा आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: