|
२०८३ भाद्र २७
धनकुटा — धनकुटाको निसान मन्दिर परिसरमा रहेका ५०० भन्दा बढी साना घण्टीलाई जोडेर बनाइएको ‘महाघण्टी’ पर्यटकको आकर्षण बनेको छ।
करिब १५० किलो तौलको उक्त महाघण्टी विसं २०७७ मा मन्दिर पुनर्निर्माणका क्रममा बनाइएको हो। पुराना घण्टी संरक्षण गर्ने उद्देश्यले तयार गरिएको संरचनामा विसं १९३१ अघिका घण्टीसमेत समेटिएका छन्।
मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेका अनुसार अहिले महाघण्टी निसान मन्दिरको छुट्टै पहिचान बनेको छ। आगन्तुकहरू यहाँ पुगेर तस्बिर खिच्ने गरेका छन्।
ऐतिहासिक निसान मन्दिर नेपाली सेनासँग जोडिएको छ भने सेनाले नै यहाँ नियमित पूजाआजा गर्दै आएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्