सुनका गहना चोरी आरोपमा एक युवक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । काठमाण्डौंमा सुनको गहना चोरी आरोपमा एक जना पक्राउ परेका छन् ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका ५ बस्ने २२ वर्षीय मनोज थापा पक्राउ परेका हुन् ।

उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

नुवाकोट शिवपुरी गाउँपालिका ७ घर भई काठमाडौं महानगरपालिका १६ डेरा गरी बस्ने एक घरबाट सुन, मोबाइल, घडी लगायतका सामान चोरी भएको सूचना आएको थियो ।

अनुसन्धानको क्रममा मनोजलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार मनोजको घरमा खानतलासी गर्ने क्रममा सुनको तिलहरी, औंठी, मोबाइल, गितार, घडी लगायतका सामान बरामद भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *