|
२०८३ आश्विन २८
काठमाडौं । सरकारी स्वास्थ्य संस्थामै कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ।
मन्त्रालयले संघीय निकाय, विभाग, अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्राचार गर्दै कर्मचारीलाई बीमा कार्यक्रममा जोड्ने प्रक्रिया अघि बढाउन भनेको हो।
स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक समन्वय र सहजीकरण गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्