हरियो बन्यो सेयर बजार, नेप्से २१ अङ्कले उक्लियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

काठमाडौं । साताको कारोबारमा सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.३२ अङ्कले बढेर २ हजार ६२१.२६ विन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.७९ अङ्कले बढेर ४७४.९६ विन्दुमा कायम भएको छ। बजारमा ४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक बढेको छ। कुल १८८ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८० कम्पनीको घट्यो भने नौ कम्पनीको मूल्यमा परिवर्तन भएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *