सोलुखुम्बुमा नक्कली सुनलाई सक्कली भन्दै ठगेको आरोपमा एक जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ९

सोलुखुम्बु । नक्कली सुनलाई सक्कली भन्दै ठगी गरकेो आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुका ३३ वर्षीय लाक्पा शेर्पा छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । भदौ ६ गते गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीबाट १ किलो नक्कली सुन समेत बरामद भएको छ ।

अनुसन्धानबाट उनले विभिन्न व्यक्तिलाई सो धातुलाई सुन भनी देखाई आर्थिक लाभ उठाउने किसिमको ठगी गर्ने गरेको खुलेको छ। पक्राउ परेका शेर्पालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको प्रहरी उपरीक्षक अंगुर जी।सी।ले जानकारी दिनुभयो।

बरामद धातुमा ‘एएब….’ लगायतका विदेशी लेखोट अंकित रहेको र यो नक्कली सुन प्रयोग गरी ठगी गर्ने गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *