नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेशनल प्याथ ल्याबमा ५०५ सम्म विशेष छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १७

काठमाण्डौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूका लागि स्वास्थ्य सेवामा ठूलो राहत प्रदान हुने भएको छ। नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकका खाताधारी ग्राहकहरूले नेशनल प्याथ ल्याबले प्रदान गर्ने विभिन्न प्याथोलोजी सेवाहरू तथा हेल्थ प्याकेजहरूमा १० प्रतिशतदेखि ५० प्रतिशतभन्दा बढी छुट पाउनेछन् । साथै, निश्चित सर्तहरू पूरा भएमा स्याम्पल कलेक्सनका लागि निःशुल्क होम कलेक्सन सुविधासमेत उपलब्ध गराइनेछ ।

उक्त सम्झौतापत्रमा मिति २०८२ साल पौष १४ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालिको तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूले नेशनल प्याथ ल्याबका नक्साल, महाराजगञ्ज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घाखाँची तथा महेन्द्रनगरमा रहेका शाखामार्फत उच्चस्तरीय तथा विश्वसनीय स्वास्थ्य परीक्षण सेवाबाट लाभ लिन सक्नेछन् ।
यस किसिमको सहकार्यले बैंकका कर्मचारी र ग्राहकहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. fintechbase

    January 15, 2026

    Hey there! Quick question that’s entirely off topic.
    Do you know how to make your site mobile friendly? My web
    site looks weird when browsing from my apple iphone.
    I’m trying to find a theme or plugin that might be able
    to fix this problem. If you have any suggestions, please share.
    Appreciate it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *