नेपाल बैंकका कर्मचारी र ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अब लिफ प्लस प्रालिले उत्पादन तथा बिक्री गर्ने वस्तुहरूमा विशेष छुट पाउने भएका छन्।

नेपाल बैंक र काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रालिबीच सोमबार सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गर्नुभएको छ।

सम्झौता अनुसार, लिफ प्लसले उत्पादन तथा बिक्री गर्ने पर्यावरणमैत्री, प्राकृतिक सुपारीको पातबाट बनेका घरायसी वस्तुहरू – जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायत -खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।

ग्राहकहरूले यी वस्तुहरू कम्पनीको वेबसाइट (www.leafplus.com.np), ह्वाट्सएप वा प्रत्यक्ष सम्पर्क मार्फत अर्डर गर्न सक्नेछन्। नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा मात्र बिल रकममा छुट लागू हुनेछ।

यो सम्झौताले पर्यावरणमैत्री उत्पादनको उपयोगलाई प्रवर्द्धन गर्न र ग्राहक–कर्मचारीलाई अतिरिक्त सुविधा प्रदान गर्न सहयोग पुग्ने नेपाल बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *