१५ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २२

कैलाली — कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–११ बेला निवासी २७ वर्षीय धनिराम रानालाई प्रहरीले करीब १५ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार रानालाई शुक्रबार दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिका टोलबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

प्रहरीले उनको घर खानतलासी गर्दा धानको बोरामा लुकाइराखिएको १४ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *