११ किलोभन्दा बढी गाँजासहित ३ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

कात्तिक २५ — उदयपुर जिल्लाको कटारी नगरपालिका–४ जहडीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार साँझ ११ किलो ६६ ग्राम गाँजा बरामद गरेको हो।

पक्राउ परेकामध्ये कटारी–४ बस्ने अन्दाजी २० वर्षीय रञ्जित ठाकुर, कटारी–७ बस्ने ३९ वर्षीय अरजित तामाङ र कटारी–८ बस्ने ५० वर्षीय बिष्णु बहादुर तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *