भक्तपुरमा एक मजदुरको हत्या, एक जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ७

काठमाण्डौँ । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन एक घरमा मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए ।

उदयपुर घर भएका ठकुरीको हत्यामा सोही घरमा काम गर्ने अर्का मजदुरको संलग्न देखिएपछि ती व्यक्तिलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–३ का २७ वर्षीय सञ्जिव याखा छन् । उनले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *