×

धनुषाबाट खैरो हिरोइनसहित २ युवक पक्राउ

बैशाख ३०, २०८१ | दाक्सु मिडिया सम्वाददाता

३० वैशाख, जनकपुरधाम । धनुषाबाट लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार छन् ।

दुवै जनालाई शनिबार अपराहन्न साढे ४ बजेको समयमा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ९ बडहडीबाट प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

दुवै जनाको साथबाट ४.२ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुपदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिए ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: