|
२०८३ भाद्र १९
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मौसमले फेरि चुनौती थप्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले आज दिउँसो रसुवाको पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार रसुवाबाहेक अन्य बाढी प्रभावित क्षेत्रमा भने मध्यम वर्षाको सम्भावना छ। देशभर मनसुनी वायु सक्रिय रहेकाले मौसम सामान्यतया बदली रहनेछ।
आज कोशी, बागमती र गण्डकीसहित विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने विभागले जनाएको छ। केही स्थानमा भारी वर्षा र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।
विभागका अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना कायमै रहनेछ। बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्